FAQs Complain Problems

योजना सम्झौता भए पछी उपभोक्ता समितिले के के गर्नुपर्छ ?

योजना सम्झौता भए पछी उपभोक्ता समितिले के के गर्नुपर्छ ?
१)योजना स्थलमा आयोजनाको सूचना पाटी अनिवार्य राख्नुपर्छ,
२)उपभोक्ता समितिले योजना सम्झौता भए पश्चात योजना सञ्चालन गर्न शुरु गर्ने
निर्णय गरे पछी मात्र योजना सञ्चालन गर्न शुरु गर्नुपर्छ । अन्य बैठकहरु आवश्यक्ता
अनुसार बस्नुपर्छ ।
३)बैंक खाता सञ्चालनको हकमा भने कुन बैंकमा खाता सञ्चालन गर्ने हो सोही
बैंकमा समितिका अध्यक्ष, सचिव र कोषाध्यक्षको संयुक्त दस्तखत बाट खाता सञ्चालन
गर्ने बैठकको निर्णय प्रतिलिपी र खाता सञ्चालनको लागि व्यहोरा खुलेको निवेदन
गाउँपालिकामा पेश गर्नुपर्छ ।

४)योजना सञ्चालनको क्रममा काम गरिरहेको, बैठक बसिरहेको आदि अवस्था झल्कने
फोटोहरु खिच्नुपर्छ जुन गाउँपालिका समक्ष अन्तिम भुक्तानीको लागि माग गर्दा पेश
गर्नुपर्छ ।